Skip to main content

लथालिंग सामाजिक विकास मन्त्रालय, आधा कार्यकक्ष खाली (तस्बिरहरु)

Submitted by editor on
शिवराज भट्ट
सामाजिक विकास मन्त्रालय

धनगढी : मंगलबार सामाजिक विकास मन्त्रालय मन्त्री झपट साउदका कारण चर्चामा रह्यो । एका विहानै सञ्चार माध्यममा मन्त्री साउदले सापटी रकम माग्न जाँदा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुँगल नगरपालिका १ का धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा हालेको निबेदन भाईरल नै बन्यो ।

आफुलाई ज्यान मार्ने धम्की दिएको र मन्त्री साउदलाई बोलाएर छलफल समेत गराइ दिन समेत निबेदनमा आग्रह गरेका बोहरा र मन्त्रीबीच भेट पनि भयो । दुुबै जनाबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मन्त्रीका विरुद्ध परेको निबेदन त्यत्तीकै षडयन्त्र भने होईन, यो आम सर्वसाधारणले पनि अनुमान लगाउन सक्छन । त्यसपछि केही पत्रकारहरु सामाजिक विकास मन्त्रालयमा पुुगे । सामाजिक विकास मन्त्रालयको अवस्था लथालिंग देखियो । 

मन्त्री साउद र सचिव मन्त्रालयमा थिएनन । मन्त्रालयका अधिकांस महाशाखा र शाखाका कुर्सीहरु भने खाली थिए । हरेक कोठामा नेपालीकै करबाट संकलन भएको  रकमबाट किनिएका एयर कन्डिस्नर (एसी) भने चलिरहेका थिए ।

प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेका बेला, उसले गर्ने गतिबिधिले पनि त्यस्तो आवाजलाई झन बलियो बनाएको छ ।