Skip to main content

लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ

कैलालीको धनगढीबाट लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।