Skip to main content

कञ्चनपुरको ब्रम्हदेबबाट १० ग्राम ब्राउन सुुगर सहित भारतीय कारोबारी पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरको ब्रम्हदेबबाट १० ग्राम ब्राउन सुुगर सहित भारतीय कारोबारी पक्राउ

कञ्चनपुर : कञ्चनपुरको ब्रम्हदेबबाट नेपाल प्रहरीले ठुलो मात्रामा खैरो हिरोईन (ब्राउन सुुगर) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

भारतको उत्तर प्रदेश राज्यको बरेली जिल्ला रसोलातालिब सेईन मोहल्ला बस्ने ३५ वर्षका रहेम अहमदलाई १० ग्राम भन्दा बढी तौलको ब्राउन सुुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय कञ्चनपुरको संयुक्त टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रम्हदेबबाट मंगलबार अपरान्हतिर उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विषेश सूचनाका आधारमा लामो समयदेखि रहेमले ब्राउन सुुगरको कारोबार गरिरहेको थाहा पाएपछि उनको खोजी सुरु गरेको थियो । ‘मंगलबार ब्रम्हदेबमा अप्रेशन सफल भयो’ अप्रेशनमा संलग्न एकजना प्रहरी अधिकारीले भने । रहेम अहमदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।