Skip to main content

धनगढीको शिवपुरी धाममा यसरी नाचे दर्शनार्थीहरु (फोटोफीचर)

Submitted by editor on
ईबिगुल संवाददाता
शिवपुरी धाम

धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा लागेको श्रीमदभागवत महायज्ञ समापन भएको छ । 

मंगलबार प्रदेश सरकारकार भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले महायज्ञको समापन गरे । शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा फागुन २ गते देखि शिवपुरी धाममा ११ औं श्रीमद भागवत महायज्ञ भएको हो । 

महायज्ञको पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले उद्घाटन गरेका थिए । महायज्ञमा हरेक दिन ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन भएको थियो । 

धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ । महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा भएको थियो ।

प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु भएका थिए ।

महायज्ञमा हरेक साँझ वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक भएको थियो । 

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो । 

तस्बिरहरु : शिवराज भट्ट