Skip to main content

भारतको दुधवा नेशनल पार्कमा अज्ञात गाडीको ठक्करबाट एकजना नेपालीको मृत्यु, एक घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
भारतको दुधवा नेशनल पार्कमा अज्ञात गाडीले ठक्कर दिदा एकजना नेपालीको मृत्यु, एक घाईते

धनगढी : गौरीफन्टा र पलियाको बीचमा पर्ने भारतको दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर एकजना नेपालीको ज्यान गएको छ भने एक जना घाईते भएका छन । 

त्रिनगर प्रहरी चौकीका बरिष्ठ प्रहरी नायव निरिक्षक भरत नाथ योगीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का ३३ वर्षिय राम कुमार चौधरीको मृत्यु भएको हो भने २२ वर्षका अनिल कुमार चौधरी घाईते भएका छन  । 

मृतको शव पलियामा राखिएको छ भने घाईते अनिललाई उपचारका लागि पलियास्थित अस्पताल लगिएको प्रहरीले बताएको छ । धनगढीबाट पलिया जादै गरेको से ३ प २८१९ नम्बरको मोटरसाईकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिदा दुर्घटना भएको हो । 

घाईते अनील कुमार चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।