Skip to main content

मेयर हमालले किन भत्काए आफैले उमेदवारी घोषणा गरेको सभाहल (फोटोमा हेर्नुस)

Submitted by editor on
ईबिगुल संवाददाता
सभा हल बैयाँबेहडी

धनगढी : धनगढी उपमहानगरपालिकाले रुवस होटलको सभाहल भत्काएको छ । यस हलमा धनगढीका मेयर हमालले मेयर पदको उमेदवारी घोषणा समेत गरेका थिए । 

खोलाको क्षेत्राधिकारमा परेको भन्दै उपमहानगरले उक्त हल भत्काएको हो । सभा हल बैयाँबेहडी नालामा परेकाले खोलानालाको अतिक्रमण हटाउने क्रममा हल भत्काउन लगाएको नगर प्रमुख गोपाल हमालले बताएका छन । ‘सभा हल खोलामै परेकाले भत्काउन लगाइएको हो । खोलानालाको अतिक्रमण हटाउने क्रममा सार्वजनिक क्षेत्रमा पर्ने संरचना हटाउनुपरेको हो’ नगर प्रमुख हमालले भने।

हमालले २०७९ मा धनगढी उपमहानगरको नगर प्रमुखको स्वतन्त्र उम्मेदवारीको घोषणा अहिले भत्काइएकै हलबाट गरेका थिए । २०७८ फागुन १९ गते रुबस होटेलको सभा हलबाट हमालले नगर प्रमुखको उम्मेदवारी घोषणा गरेका थिए । त्यही हल अहिले आएर खोलानाला खाली गर्ने क्रममा खोलामा परेकाले भत्काउन लगाइएको हो ।