Skip to main content

दार्चला घर भएका प्रहरी जवानले धनगढी आएर किन लगाए पासो, यस्तो छ कारण

Submitted by editor on
ईबिगुल संवाददाता
दार्चला घर भएका प्रहरी जवानले धनगढी आएर किन लगाए पासो, यस्तो छ कारण

धनगढी : धनगढी उपमहानगरपालीमा पर्ने मनेहरा जंगलमा एकजना प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ घर भएका ३६वर्षका सुरजराम लोहार बुधबार राती उनी हुलाकी सडक भन्दा सय मीटरजती भीत्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर बिष्टले आफुन्तहरु आईरहेकाले पासो नखोलेको बताए । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । उनकी श्रीमती पनि प्रहरी हुन । उनी कैलालीको अस्थाई प्रहरी पोस्ट गेटामा कार्यरत छिन ।

प्रहरीले, आत्महत्याको कारण पारिवारिक रहेको जनाएको छ । ती प्रहरी जवानको टीकापुरमा एकजनासँग प्रेम सम्बन्ध रहेको र बुधबार उनी टीकापुरबाटै फर्किदै गरेका बेला बाटोमा पर्ने जंगलमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । ‘सडक छेउमा मोटरसाईकल राखेर सय मिटर भन्दा बढी जंगलभीत्र गएर पासो लगाएका छन । उनका बुवा दार्चुलाबाट विहानै हिडिसकेको खबर आएको छ । परिवारका सदस्य आएपछि मात्रै पासो काटनु भनेको छुु’ एसपी विष्टले भने ।