Skip to main content

सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५७ लाखको तस्करीको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
उत्तर वेहडी

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार आज दिउसो सूचनाका आधारमा बसपार्क पछाडिको क्षेत्रमा टीनको टहरा बनाएर भण्डारण गरिएको अवस्थामा सामान बरामद गरिएको हो ।

गोदाममा २३ वटा बोरामा प्याक गरि लुकाइ राखेको अवस्थामा कुर्ती सेट, टप्स, सारी र सुट पिस कपडा विशेष सूचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी नम्बर ३४ गणका डिएसपी साजेन्द्र श्रेष्ठले जानकारी दिए । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद उक्त सामान बरामद गरेको हो । बरामद गरिएका कपडा भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।

सशस्त्र प्रहरीले उक्त सामान भारतबाट चोरी निकासी भई आएको दाबी गरेको छ । तर प्रहरी समक्ष उक्त सामान सकार्न कोही पनि आएको छैन । ‘विषेश सूचना आएको थियो, हाम्रो टोली गयो, सामान बरामद भयो तर कसको हो ? भन्ने कुरा खुल्न सकेको छैन’ डिएसपी श्रेष्ठले भने ।