Skip to main content

नाबालिका बलात्कारको आरोमा १० वर्ष कैद सजाय

Submitted by editor on
ईबिगुल संवाददाता
नाबालिका बलात्कारको आरोमा १० वर्ष कैद सजाय

धनगढी : एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले बताए ।

पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए ।