Skip to main content

धनगढी उपमहानगरभीत्र तीनसय सामुदायीक कुकुरको बन्ध्याकरण सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरभीत्र तीन सय सामुदायीक कुकुरको बन्ध्याकरण सुरु

धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका भुस्याहा कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । शुक्रबार देखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायीक (भुस्याहाए) कुकुरहरुको बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ ।

नगर क्षेत्रमा छाडा छोडिएका कुकुरको उपमहानगरपालिकाले चार दिनसम्म बन्ध्याकरण गर्नेछ । नगरपालिका परिसरमा तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु सेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले बताए । 

‘यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ । चैत २३ देखि २६ गतेसम्म बन्ध्याकरण गरिनेछ’, डाक्टर ठाकुरले भने । करिब ७ लाख बजेटमा यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने भएको हो । गत वर्ष भने १५० कुकुरको बन्ध्याकरण गरिएको थियो । 
उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ । गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने डाक्टर ठाकुरले बताए । 

सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बध्याकरण शिविर आयोजना गरिँदै आएको छ । हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्न बजेट बढाउँदै लग्ने र समुदायमा रहेका छाडा कुकुरहरूको संख्या नियन्त्रण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको पशु सेवा शाखा प्रमुख प्रमुख ठाकुरले बताए ।