बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा चितुवा पासोमा परेको हो ।
सोमवार स्थानीयले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो । सोमवार बिहान अन्दाजी ९ बजेको समयमा चितुवा पासोमा परेको थाहा पाएपछि स्थानियले प्रहरि तथा वन कार्यालयमा खबर गरेको थिए ।