Skip to main content

बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
खबाट लडेर बझाङमा एक जनाको मृत्यु

बझाङ :  काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं. –७ ठूलीखालीमा काफल खान गएका बेला रुखबाट लडेर बुंगल नगरपालिका १० डौडकी प्रमा बागको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

आज घरबाट वित्थडचिर गाउँपालिकाको देउलेक बजारमा सामान किन्न भनेर आएकी र दिउँसो साढे १२ बजेतिरको समयमा साथिहरुसँगै ठूलीखाली बन क्षेत्रमा काफल खान भनेर आएको प्रहरी जनाएको छ । 

प्रहरीका अनुसार बागका साथीहरु काफल टिपेर फर्किए पनि उनी नफिर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्दा उनी काफल खानका लागी रुखमा चडेकी र रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत शाहले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय बझाङको टोली त्यस तर्फ खटिगएको छ ।

यसैबीच बझाङकै केदारस्यूँ गाउँपालिकामा पनि एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका –४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो । 

उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।