Skip to main content

गोदावरी महाकुम्भ धामबाट कलश चोरीगर्ने दुईजना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
गोदावरी महाकुम्भ धामबाट कलश चोरीगर्ने दुईजना पक्राउ

धनगढी : कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुई जना पक्राउ परेका छन । 

प्रहरीले धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका–४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई कलस चोरेको आरोपमा पक्राउ गरेको हो । उनीहरुको साथबाट कलस तोडफोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विहिबार राति ११ बजेतिर कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको थियो । दुबै जना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।