Skip to main content

पोलिटब्युरोमा रहेका प्रेम आले केन्द्रिय कमिटिमा पनि परेनन

Submitted by editor on
ईबिगुल संवाददाता
प्रेम आलेमगर

धनगढी : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोमा भएका नेता प्रेम आलेमगरलाई यसपाली कमिटिमा राखिएन । नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीमा प्रेम आलेमगरको नाम नपरेको हो ।

‘महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन’ एक जना नेताले भने । आलेले महाधिवेशन बहिस्कार गरेका थिए । आले डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन । उनी पार्टीको १० औं महाधिवेशनमा सहभागी भएका थिएनन ।

नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ । पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ ।

निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो  सदस्य आलेको नाम भने नराखिएको हो ।