Skip to main content

बैतडीका बीरभान हत्याकाण्ड– शिक्षिका सहित ५ जना कारागार चालान

Submitted by editor on
शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएका हुन ।
ईबिगुल संवाददाता
पुर्पक्षका लागि कारागार चलान

धनगढी  ः बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले आइतबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए । सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो ।

डीएसपी गिरीकाअनुसार पाँच जना अभियुक्त मध्ये ३६ वर्षीया भागरथी बिष्टलाई जिल्ला कारागार डडेल्धुरा र १७ वर्षीय किशोर भट्टराईलाई बाल सुधार गृह दिपायलमा पठाइएको छ भने अन्य तीन जनालाई बैतडी कारागारमा राखिएको छ ।

गत १ असारको रातिदेखि बेपत्ता भएको ट्रक चालक समेत रहेका बिष्टको शव तीन दिनपछि विभत्स हत्या गरेर फालिएको अवस्थामा पाटन नगरपालिकाकै पाटन–पञ्चेश्वर सडकखण्डको घाङल खोलामा भेटिएको थियो ।

यसरी गरिएको थियो वीरभानको हत्या 
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ की भागरथी विष्ट र वीरभान विष्टका बीच अनैतिक सम्बन्ध थियो । नाताले उनीहरु नजिकका ससुरा बुहारी हुन । वीरभान भागरथीका कान्छा ससुरा नाता पर्छन । 

भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भईसकेको थियो । उनी एकल भएपछि शिक्षण पेशामा थिईन । त्यसपछि उनको वीरभानसँग सम्बन्ध रहेको थियो । भागरथीका एकजना अपांग र अर्का एक छोरा छन भने वीरभान पनि विवाहीत ब्यक्ति हुन ।

असारको १ गते राती वीरमान भागरथीको घरमा पुुग्छन । भागरथीको घरमा पाटन नगरपालिकाकै तीन जना युवाहरु पनि रहेका हुन्छन । भागरथीसँग युवाहरु देखेपछि रिसाएका वीरमान र उनको विवाद हुन्छ । वीरमानले भागरथीलाई नानाथरी कुरा गर्छन । त्यसपछि भागरथीले चिरपटले उनको टाउकोमा हान्छिन ।
प्रहरी नायव उपरिक्षक दिपक गिरि भन्छन, ‘प्रारम्भीक बयानका आधारमा त्यहाँ रहेका युवाहरुले पनि वीरभान माथि कुटपिट गर्छन । वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ । ती युवाहरु त्यहाबाट राती नै भाग्छन । तर भागरथीले मृत्यु भईसकेका वीरमानको शव आफ्नै घरमा लुकाउछिन ।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ । भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडक भन्दा माथि अथवा पाटनको खेतवारीको फाँटको माथि छ । शनिबार राती मारिएका वीरमानको शव आईतबारको दिनभरी भागरथीकै घरभीत्र रहन्छ । 

ती युवाहरुलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउछिन । आईतबारको राती तीन जना युवाहरु राजेन्द्र भट्टराई, किशोर भट्टराई र अटो चालक पुुन्टुभनिने आशिष पहरीले वीरभानको शव पाटनको खेत (सेरो), जहाँ रोपाई गरिएको थियो, प्लाष्टिकमा बेरेर तानेर पाटन–पञ्चेश्वर सडकसम्म पुगाउछन । 
भागरथीको घर देखि खेतैखेत शव तानेको निसानहरु पनि प्रहरीले संकलन गरिसकेको छ । घिसारेर सडकमा पुगाईएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ ।

डिएसपी गिरि भन्छन, ‘ती मध्येकाका २ जना युवाहरु किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराई तिर हिड्छन । तर उनीहरुलाई भागरथी पक्राउ परिसकेको र उनीहरुको नाम प्रहरीले थाहा पाईसकेको जानकारी हुन्छ  । उनीहरु बसबाट झरेर जीपमा बस्नछन । प्रहरी उनीहरुलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ ।’ 
(प्रहरीले लिएको प्रारम्भीक बयान)