Skip to main content

जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु

Submitted by editor on
डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन
ईबिगुल संवाददाता
नोभा अस्पताल

धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार ग¥यो, न त रिफर नै ग¥यो । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।

उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ । यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।