Skip to main content

चौतर्फी विरोधपछि स्वास्थ्य मन्त्रीद्वारा गेटा अस्पतालमा इमर्जेन्सी सेवा उद्घाटन गर्ने भनिएको कार्यक्रम स्थगित

Submitted by editor on
ईबिगुल संवाददाता
स्थानीयको विरोध ।

धनगढी : गेटा अस्पतालमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल गर्ने भनिएको  इमर्जेन्सी सेवाको उद्घाटन कार्यक्रम स्थगित भएको छ । अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले भने स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम स्थगित गरिएको बताए । मन्त्री पौडेलले अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रमको सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा चौतर्फी विरोध भएको थियो । 

सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान विश्व विद्यालय संघर्ष समितिको अगुवाईमा स्थानीयले बुधबार बिहानै देखि  गेटमा उभिएर विरोध जनाएका थिए । विश्वविद्यालय ऐन पास भईसकेको अवस्थामा अवस्पतालमा  इमर्जेन्सी सेवाको उद्घाटनको अर्थ नरहेको भन्दै स्थानीयले विरोध जनाएका हुन । यद्यपि अस्पतालको अवलोकन गर्न भने कुनै अवरोध नगरिने विरोध जनाएका थिए ।
मन्त्री पौडेल अहिले काँग्रेस पार्टी कार्यालय कैलालीको कार्यकर्ता भेटघाट कार्यक्रममा रहेका छन ।  भोलि बिहान ८ बजे धनगढीबाट डडेल्धुरा जाने कार्यक्रम रहेको छ । डडेल्धुरामा उनले डडेल्धुरा अस्पतालको निरीक्षण गर्ने र, त्यसपछि डोटीका विभिन्न कार्यक्रममा सहभागी भएर शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।