Skip to main content

चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ सुरु हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदीप पौडेल

धनगढीः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताएका छन्।

मन्त्री पौडेलले बुधवार धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको जानकारी दिए। पौडेलले विभिन्न आठ वटा जटिल रोगका बिरामीका लागि पहिलो पटक सरकारले तीन लाख बराबरको स्वास्थ्य सेवाको व्यवस्था गरेको उल्लेख गरे। उनले भने, विश्व स्वास्थ्य सङ्गठनले देशलाई रुबेलामुक्त घोषणा गर्नु उपलब्धि भएको छ । 

स्वास्थ्यमन्त्री पौडेलले आज सो विश्वविद्यालयको आकस्मिक सेवाको उद्घाटन गर्ने कार्यक्रम थियो। विश्वविद्यालय ऐन पारित भइसकेको अवस्थामा आकस्मिक कक्षको उद्घाटन गर्नुको अर्थ नरहेको भन्दै स्थानीयले विरोध जनाएपछि सो कार्यक्रम स्थगित गरिएको थियो।