Skip to main content

कैलालीमा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन

Submitted by editor on
ईबिगुल संवाददाता
तदर्थ समिति

धनगढी  ः कैलालीमा सशस्त्र प्रहरीका पूर्व एसएसपी मदनसिंह बिष्टको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन गरिएको छ । शनिबार धनगढीमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले तदर्थ समिति गठन गरेको हो । 

तदर्थ समितिको उपाध्यक्षमा जयसिंह बिष्ट, सचिवमा पदमसिंह बिष्ट, सहसचिवमा लिला बिष्ट र कोषाध्यक्षमा आनन्दसिंह बिष्टलाई चयन गरेको छ । सदस्यमा जयबहादुर बिष्ट, शंकरसिंह बिष्ट, जगदिश बिष्ट, जनकसिंह बिष्ट, जगदिशसिंह बिष्ट, साधना बिष्ट र गोपाल बिष्ट चयन भएका छन् ।

बिष्ट कल्याणकारी सभाको सल्लाहरकारमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्ट, मदनसिंह बिष्ट, हिमालय बिष्ट, हर्कबहादुर बिष्ट र पदमसिंह बिष्टलाई राखिएको छ । शनिबार गठन भएको तदर्थ समितिले अगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ कार्य समिति चयन गर्नेछ ।

तदर्थ समितिका अध्यक्ष मदनसिंह बिष्टले छरिएर रहेका बिष्ट समुदायबीचको आपसी भाइचारा कायम गर्न तथा दुःख, सुखमा एकअर्कालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वका लागि बिष्ट कल्याणकारी सभा गठन गरिएको जानकारी दिए । 

सभा गठनपछि बसेको पहिलो बैठकले बिष्ट समुदायको एकताका लागि सभा गठन गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।