धनगढी : सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी फागुन १६ र १७ गते मोटर ¥याली र मोटर दौडको आयोजना हुने भएको हो ।
मोटर दौडको आयोजक सुदूरपश्चिम अटोमोबाईल्स संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुलको बगरमा मोटर दौडको आयोजना हुने जानकारी दिएको हो ।
त्यसअघि फागुन १६गते धनगढीको शिवपुरी धामबाट कम्तीमा पनि ५० मोटर सहितको ¥याली डडेल्धुराको परसुराम धामसम्म जानेछ । एकरात परसुरराम नगरपालिकाको जोडबुडामा बास बसेर ¥यालीमा सहभागि भएकाहरुले १७ गते परसुरामको तपोभूमी भएर बग्ने नदीमा स्नान गर्ने छन भने त्यसपछि ¥याली कञ्चनपुरको दोधाराचाँदनीको झोलुंगे पुलका लागि प्रस्थान हुनेछ ।
झोलुंगे पुलको आसपासको बगरको बालुवामा बनाईएको मोटर दौड ट्रयाकमा २० जना मोटर कार चालकहरुले दौडमा सहभागिता जनाउनेछन । मोटर दौडका लागि १ हजार सिसि देखि १६सय सिसि क्षमताका कारको मात्र सहभागिता गराईने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले ८१ हजार, दोस्रो हुनेले २७ हजार र तेस्रो हुने चालकले ९ हजारको पुरस्कार पाउनेछन । पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले यो ¥यालीले सुदूरपश्चिमको अटोखेललाई प्रबर्धन गर्नुका साथै यस क्षेत्रको पर्यटनलाई पनि टेवा पुगाउने विश्वास लिइएको बताए ।
‘मोटर ¥यालीमा दूरी, समय र गतीलाई ध्यान दिईने छ । कम्तीमा पनि ५० वटा कारको दुई दिनको ¥यालीले सुदूरपश्चिमका पर्यटनमा टेवा पुग्नेछ’ उनले भने । ईभेन्टलाई सफल पार्न ओझाकै नेतृत्वमा ५ सदस्यीय ब्यवस्थापन समिति पनि गठन गरिएको छ ।