Skip to main content

लागूऔषधसहित कैलालीबाट एकैदिन आठ जना पक्राउ

Submitted by editor on
पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका–३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी गोदावरी नगरपालिका–२ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइनसहित र गोदावरी नगरपालिका–३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

उता गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम  खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । विभिन्न स्थानबाट पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।