Skip to main content

हतियार देखाएर कैलालीमा सामूहिक लुटपाट

Submitted by editor on
ईबिगुल संवाददाता
लुटपाट

धनगढी: कैलालीमा हतियार देखाएर लुटपाट गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा मङ्गलवार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट गरेको हो।

राति १० बजेको समयमा सुखड बजारको भजनी रोड मिलन चोकबाट शान्तिनगर घर जाने क्रममा स्थानीय साहानुराम डगौँरा र अजय चौधरीलाई बाटोमा रोकेर लुटेरा समूहले घरेलु हतियार देखाई लुटपाट गरेका हुन।

मोटरसाइकलमा आएका तीन जनाको समूहले घरेलु हतियार देखाई नगद १० हजार र साहानुराम डगौराको नागरिकताको प्रमाण पत्र लुटेको पीडितहरूले बताएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय, सुखडमा निवेदन दर्ता गरेका छन। निवेदकहरूले हतियारको प्रकार र मोटरसाइकलको नम्बरसमेत निवेदनमा उल्लेख गरेका छैनन्। उनीहरूलाई प्रहरीले पक्राउ गर्न समेत सकेको छैन।