धनगढी : छामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको राहतका लागि १० लाख रकम दिने निर्णय गरेको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानबिय सहायता स्वरुप साँफेबगर नगरपालिका मार्फत १० लाख दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार दिउसो पत्रकार सम्मेलनको आयोजना गर्दै तत्कालको राहतका लागि साँफेबगर नगरपालिका माफर्त पिडितका लागि १० लाख रकम दिने निर्णय भएको जानकारी दिए ।
साँफेबगर बजारमा शनिबार विहान भीषण आगलागि भएको थियो । आगलागीबाट होटल, मासुपसल लगायत १० वटा पसल जलेर नष्ट भएका छन । क्षतीको पुरा विवरण नआएपनि प्रारम्भीक विवरण अनुसार ३ करोड ८२ लाख बराबरको क्षती भएको जानकारी आएको मुख्यमन्त्री शाहले बताए ।
बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सर्ट भएर आगलागी भएको स्थानीयको भनाई छ । यसअघि अछामकै जयगढमा पनि ठुलो आगजनी भएको थियो ।