Skip to main content

राष्ट्रियसभा निर्वाचन : नेकपा एमालेबाट खरेल, जोशी र घिमिरेले गरे मनोनयन दर्ता

Submitted by editor on
शिवराज भट्ट
नेकपा एमालेले पनि मनोनयन दर्ता

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले पनि मनोनयन दर्ता गराएको छ । सुदूरपश्चिममा रिक्त भईरहेका अन्य, अपांग\अल्पसंख्यक र महिला कोटामा नेकपा एमालेका तीन जनाले मनोनयन दर्ता गरेका हुन । 


अन्य कोटामा नेकपा एमालेका ईश्वरी प्रसाद खरेलले पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रस्ताव र प्रदेश सभा सदस्य हिरा सार्कीको समर्थनमा मनोनयन दर्ता गरे । एमालेकै अपांग कोटाबाट मनोनयन दर्ता गरेका रामचन्द्र जोशीको प्रस्तावकमा शारदा देबी रोकाया र समर्थकमा कन्दकला राना रहेका छन ।


एमालेकै महिला कोटाबाट मनोनयन दर्ता गरेकी साबित्री घिमिरेको प्रस्तावकमा प्रदेश सभा सदस्य सन्तोषी कुमारी शर्मा थापा र समर्थकमा प्रदेश सभा सदस्य विरबहादुर थापा रहेका छन ।


नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी सहितका नेताहरु पार्टी कार्यालयबाट जुलुस लगेर धनगढी स्थित निर्वाचन कार्यालयमा खडा गरिर्एको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।