धनगढी : विद्यालय शिक्षा विधेयक–२०८० का अव्यवहारिक र विभेदपूर्ण प्रावधान खारेजको मागसहित गोदावरीमा सोमबार शान्तिपूर्ण विरोध प्रदर्श गरिएको छ । धनगढी र अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन गरेको हो । धनगढी र अत्तरिया आसपासका सडकमा विद्यालय बसहरू उतारेर कालो झण्डा टाँसिएको र शिक्षक तथा संस्थापकहरूले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । गोदावरी हुदै कृष्णपुरको गुलरिया पुगेर अत्तरिया बसपार्कमा कोण सभाको आयोजना सम्पन्न भएको छ । धनगढीमा पनि बसहरु प्रदर्शन गरेको हो ।
संयुक्त आन्दोलन परिचालन समितिको आह्वानमा आयोजित उक्त कार्यक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त सहभागिता थियो। ¥यालीमार्फत विधेयकका विवादास्पद प्रावधान सच्याउन माग गरिएको थियो ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगबीर थापाले विद्यालय शिक्षा विधेयकका कतिपय धारा शिक्षा ऐन र कम्पनी ऐनसँग विसंगत रहेको दाबी गर्दै तत्काल संशोधनको आवश्यकता औंल्याए। उनका अनुसार प्रस्तावित १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपानसम्म समावेश गर्न खोजिनु संस्थागत विद्यालयमाथि अनावश्यक बोझ थोपर्ने कार्य हो । उनले यसले निजी विद्यालयलाई आर्थिक संकटमा धकेल्ने चेतावनी दिए ।
आन्दोलनकारीहरूले विधेयकमा समावेश “निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने” खालका धाराहरू सच्याउनुपर्ने, हाल प्रचलनमा रहेको जम्मा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था कायम राख्नुपर्ने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने माग दोहोर्याएका छन् ।
प्याब्सन, एन–प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त बस ¥यालीले विधेयकका प्रावधानहरू संस्थागत विद्यालयलाई धराशायी पार्ने उद्देश्यले गैरनाफामूलक बनाउने दिशामा रहेको भन्दै कडा आपत्ति जनाएको छ ।