काठमाण्डौँ : प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैं घरधनी रहेको पाइएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।
भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको जनाएको छ