Skip to main content

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

Submitted by editor on
ईबिगुल संवाददाता
sapth

काठमाण्डौँ : प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।  शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए।

कार्कीलाई आन्दोलनरत जेन्जी समूहले सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा अघि सारेको हो। त्यसयता राष्ट्रपति र प्रधान सेनापतिले विभिन्न चरणमा छलफल गरेका थिए। कार्कीलाई ६ महिनाभित्र आम निर्वाचन गर्नेगरी आज प्रधानमन्त्री नियुक्त गरिएको हो।