Skip to main content

स्थानीय तहका जनप्रतिनिधि त्रसित, सुरक्षित तरिकाले सेवा प्रवाह सुनिश्चित गर्न माग

Submitted by editor on
ईबिगुल संवाददाता
jj

अत्तरिया : सुदूरपश्चिमका स्थानीय सरकारका जनप्रतिनिधिहरूले ज्ञात र अज्ञात व्यक्ति वा समूहबाट धम्की दिइने घटनाबारे गम्भीर चेतावनी दिएका छन्।

गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाल नगरपालिका सङ्घ संयोजक वीरेन्द्र भट्ट, र जिल्ला समन्वय समिति महासङ्घ संयोजक गगन भण्डारीद्वारा जारी संयुक्त विज्ञप्तिमा जनप्रतिनिधि, नागरिक, निजी सम्पत्ति, उद्योग व्यवसाय र सरकारी दस्तावेजहरूको सुरक्षा सुनिश्चित गर्दै निर्बाध सेवा प्रवाहको वातावरण बनाउन अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ कि जेन जी आन्दोलनका क्रममा भएका अवाञ्छित घुसपठ, आगजनी, तोडफोड र अमानवीय व्यवहारप्रति खेद व्यक्त गरिएको छ। जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै, मानवअधिकार विरोधी गतिविधिको घोर भत्र्सना गरिएको छ। साथै, विज्ञप्तिमा राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष सार्वजनिक सम्पत्ति संरक्षण, उच्च मनोबल र नियमित सेवा प्रवाहका लागि आह्वान गरिएको छ।

अगाडि विज्ञप्तिमा भनिएको छ  ‘सुदूरपश्चिम प्रदेश सरकारका र स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुरुयाउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेका छन् । 

तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष हार्दिक अनुरोध गर्दछौँ । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बद्र्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक आह्वान गर्दछौँ ।’