धनगढी : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) कैलालीले धनगढीमा शान्ति ¥याली आयोजना गरेको छ ।
आज (शुक्रबार) धनगढीको ट्राफिक चौराहाबाट पार्कमोडसम्म -याली निकालिएको हो । ¥याली समापन गर्दै कैलाली जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष नाथुराम महतोले देशको मूल कानुन संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले भने ‘संविधान शासन व्यवस्थाको मूल विषयवस्तु भएकाले यसको संरक्षण र रक्षा गर्नुपर्छ ।’ उनले पछिल्लो समय देशमा भ्रष्टाचार, अनियमितता र विधिको शासन उल्लंघन भइरहेको बताए ।
उनले समय अनुसार संविधान संशोधन गर्न आवश्यक हुने बताए । उनले भने ‘वर्तमान समस्या, जनताहरुको माग र जेनजीहरुको आवाज समय सापेक्ष परिवर्तित आवश्यक भैरहेको सन्दर्भमा मूल संविधान समयानुसार परिमार्जन गर्नु संशोधन गर्न आवश्यक हुन्छ ।’ -यालीमा पापडमा आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
