Skip to main content

नेवि संघको सिकलसेल सम्बन्धी जनचेतनामूलक कार्यक्रम

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल विद्यार्थी संघ,

धनगढी : नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ ।

कैलाली र कञ्चनपुरमा थारू समुदायमा देखा पर्ने यो रोगको शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । थारू समुदायलाई लक्षित गरी धनगढी उप महानगरपालिकाको वडा नम्बर १२ जुगेडाको मुक्तिनाथ विद्यालयमा कार्यक्रम आयोजना गरिएको नेविसंघ धनगढीका अध्यक्ष दिपेश बोहराले बताए।

बोहराकै अध्यक्षता भएको कार्यक्रममा नेवि संघ केन्द्रीय सदस्य सुमन केसी, कैलालीका अध्यक्ष मनिष कुँवर र हितेश चन्द लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डाक्टर प्रदिप मिश्र र डाक्टर गणेश फुलाराले सिकलसेल एनिमियाको लक्षण, उपचार विधि, नयाँ पुस्तामा रोग सर्न नपाओस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराएका थिए ।