Skip to main content

सुदूरपश्चिम प्रदेश सरकार : समन्वय र सहकार्यमै बित्यो एक वर्ष

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिम प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष समन्वय र सहकार्यमै वितेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन । 

शनिबार सुदूरपश्चिम प्रदेश सरकारलाई शनिबार एक वर्ष पुरा भएको छ । मन्त्रीमण्डल विस्तारमा केही ढिलाई भएपनि मुख्यमन्त्री कमल बहादुर शाहले २०७९ सालको माघ २७ गते सपथ लिएका थिए । 

मुख्यमन्त्री शाहले सरकारले सम्पन्न गरेका कार्यहहरु भन्दै शनिबार एक पुस्तक नै सार्वजजिक गरेका छन । ५० पृष्ठको उक्त पुस्तकमा प्रदेश सरकारले ठोस रुपमा सम्पन्न गरेका खासै कामहरु देखिदैनन । सार्वजनिक गरिएको प्रगती विवरणमा संघ सरकार सँग सहकार्य र समन्वयका कुराहरु मात्रै उल्लेख गरिएका छन । 

प्रदेश सरकारले एक वर्षको अवधीमा २ वटा विधेयकका लागि सैद्धान्तीक सहमति दिएको, ५ वटा संसोधन विधेयक प्रदेश सभामा पेस भएको, २ वटा नियमावली र ८ वटा कार्यबिधि निर्माण भउको कुरा आफ्नो महत्वपूर्ण उपलब्धीका रुपमा देखाएको छ । तर प्रदेश सभा, सरकारले विधेयक ल्याउन नसकिएको भन्दै लामो समय कामविहीन भएको थियो ।

प्रदेश सरकारले प्रदेश विकास कोषमार्फत ५० वटा सहकारीलाई २४ करोड ८९ लाख ऋण प्रवाह गरी १२ सय ८७ जनालाई स्वरोजगार बनाएको र स्थानीय तहमा गत आवको भनदा यस आबमा रम बढाउको कुरा पनि आफ्नो प्रगतीमा समेटेको छ । 

प्रदेश सरकारले एक वर्षको अवधीमा देखिने कुरा भन्दा पनि शैद्धान्तीक कुराहरुलाई आफ्नो प्रगती मानेको छ । कृषि तथा पशुपंक्षी विकास तर्फ उसले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम मार्फत विभिन्न कृयाकलाप गरी उत्पादन र उत्पादकत्व बढाएको दाबी गरेको छ । तर पहिलाको उत्पादकत्व कति थियो, यसपाली कति बढ्यो भन्ने विश्वस्त कुरा भने उसले प्रगतीमा समेटन सकेको छैन ।

पुर्वाधार तर्फ प्रदेश सरकारले साना योजना छनौटको प्रकृया रोक्नलाई मुख्य प्रगती मानेको छ । स्थानीय तहको केन्द्रलाई राजमार्गसँग जोडने सडक बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नती गर्ने कार्य अगाडी बढाईएको प्रगती विवरणमा उल्लेख भएपनि कुन पालिकाको कुन सडक बन्यो त्यो कुरा भने उल्लेख छैन ।

धनगढीलाई आधुनीक सहर बनाउने कार्य अगाडी बढेको र अरु ८ जिल्लाका प्रमुख सहरहरुलाई पनि आधुनीक सहर बनाउने कुरा अगाडी बढाईने भनिएपनि कुन सहरलाई कहिले देखि अगाडी बढाउने ? भन्ने कुरा प्रगतीमा उल्लेख गरिएको छैन । 

सामाविक विकास तर्फ प्रदेश सरकारले खेलाडीलाई दिएको सम्मान रकम प्रमुख प्रगती मानेको छ । सेती प्रादेशीक अस्पतालको शैया बढाउने निर्णय यसअघिकै सरकारका पालामा भएपनि, त्यसमा दरबन्दी तोकिएको छैन । तर अस्पतालहरुमा सिटिस्क्यान, टेलिमेडिसिन सेवा र एमआरआई सेवा विस्तार गरिएको प्रगतीमा उल्लेख गरिएको छ ।

उर्जातर्फ सून्य काम गरेको प्रदेश सरकारले संघीय सरकारका प्रगतीमा समेटनुपर्ने कुराहरु पश्चिम सेती, एसआर –६ र अन्तरदेशीय प्रसारण लाईनका कुराहरु आफ्नो प्रगतीमा उल्लेख गरेको छ । उसले प्रदेशमा ३ हजार मेगावाट विद्युत उत्पादन भईरहेको, लम्की–बरेली अन्तरदेशीय प्रसारण लाईनको प्रकृया अगाडि बढेको जस्ता कुराहरु प्रगतीमा उल्लेख गरेको छ । 

प्रदेश सरकारले पश्चिम सेती, बेतन कर्णाली, जस्ता योजनाका अनुुगमन निरिक्षणलाई पनि वार्षिक प्रगतीमा देखाएको छ । ईजरायल घटनाका मृतक परिवारलाई २ लाख दिएको, जाजरकोटको भुकम्पमा सहयोग गरेको, विकास साझेदारहरुसँग समन्वय, सहकार्य र बैठकहरु गरेको कुरा पनि प्रदेश सरकारको प्रगतीका रुपमा आएका छन ।