Skip to main content

बैद्यनाथ धाममा पुगेर राष्ट्रपती पौडेलले भने ‘अछाम आएर म धन्य भए’

Submitted by editor on
गीता कुँवर
गीता कुँवर

अछाम : राष्ट्रपती रामचन्द्र पौडेलले बैद्यनाथ धामको समग्र विकासका लागी विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर पुर्वाधार निर्माण गर्नुपर्ने बताएका छन । अल्प, मध्य र दिर्घकालीन रुपमा छ्ट्याएर पुर्वाधार निर्माण गरिनुपर्नेमा उनको जोड थियो । 

अछामको बैद्यनाथ धाममा बिहीबारबाट सुरु भएको कोटीहोम महायज्ञको उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेलले चार धाममध्येको एक बैद्यनाथ धामको महत्व र महिमाको बिषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको बताए ।

उनले बैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौंगुणा बढी पुण्य प्राप्तहुने जनबिश्वास रहेको बताए । बैद्यनाथ धाम जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागी तिनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्नुपर्नेमा जोड दिए । 

‘सुदूूरपश्चिम देवालयहरु, देबी देवताको बास भएको पुण्य भुमी हो । यहाँ बडिमालिका, खप्तड, बैद्यनाथ, उग्रतारा, शैलेश्वरी जस्ता धामहरु छन् । म आज अछाम आउन पाएर धन्य भएको छु’ राष्ट्रपति पौडेलले भने ।

उनले सुदूरपश्चिम ऋषीमुनिहरुले तपस्या गरेको तपोभुमि, पबित्रस्थल, कला संस्कृतिले भरिपुर्ण रहेको प्रदेश भएको बताए । पर्यटनको सुरुवात तीर्थाटनबाट भएको भन्दै नेपालमा पछिल्लो समय धार्मिक यात्रासगै पर्यटनको विकास भएको बताए । 

बैद्यनाथलाई थप आकर्षणको केन्द्र बनाएर पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नसके लाखांै पर्यटकहरु भित्रिने र आर्थिक आम्दानी हुनेमा राष्ट्रपति पौडेलले जोड दिए । उनले भने, ‘यसरी धार्मिक रुपमा पर्यटकहरु आए आम्दानीको स्रोत पनि बढ्छ, कमाउनकै लागी बिदेश जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।’