Skip to main content

अछामको बैद्यनाथ धाममा लागेको कोटीहोम महायज्ञको कुण्डमा आगलागी

Submitted by editor on
ईबिगुल संवाददाता
कोटिहोम कुण्डमा आगलागी भएको

अछाम : अछामको बैद्यनाथ धामको कोटिहोम कुण्डमा आगलागी भएको छ । केही बेरअघि कुण्डमा आगलागी भएको हो । आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेरको छ । 

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको थियो । साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि कोटिहोम सुरु भएको हो । २५ गते शिवरात्रीसम्म सञ्चालन हुने कोटीहोमको एउटा कुण्डमा आगलागी भएको हो । 

फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले कोटीहोम महायज्ञको उद्घाटन गरेका थिए ।  आगलागीको क्षती भने आईसकेको छैन ।