Skip to main content

अछाममा आगलागीबाट जलेको कोटीहोम महायज्ञको कुण्ड रातारात बनाईदै (तस्बिरहरु)

Submitted by editor on
शिवराज भट्ट
रातारात बनाईदै

अछाम : अछाममा शनिबार दिउसो आगलागीबाट जलेर क्षतीग्रस्त भएको कोटिहोम महायज्ञको कुण्डको रातारात निर्माण भएको छ । कोटिहोम आयोजक समितिका पदाधीकारीहरुले रातारात कुण्ड तयार पारेका हुन ।

शनिबार दिउसो हवन चलिरहेका बेला कोटिहोमका ५ वटा कुण्ड मध्ये एउटामा आगलागि भएको थियो । आयोजकहरुले होमको आगोबाट कुण्डमा अगलागी भएको बताएका छन । 

आगलागिबाट कुनै प्रकारको मानवीय क्षती भएको छैन भने कुण्डमा राखिएका केही पुजा सामाग्री कुण्डमा मात्रै क्षती भएको छ । बाहिर पानी परिरहेकाले पनि कुण्डको आगो अरु कुण्डमा सल्किन नपाएको प्रत्यक्षदर्शीहरुले बताएका छन । 

नेपालका ४ धाम मध्येको एक मानिएको बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको थियो । साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि कोटिहोम सुरु भएको हो । २५ गते शिवरात्रीसम्म सञ्चालन हुने कोटीहोमको एउटा कुण्डमा आगलागी भएको थियो । 

फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले कोटीहोम महायज्ञको उद्घाटन गरेका थिए ।  पबित्र तीर्थस्थल बैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय महत्वको प्रचार प्रसार, बैदिक सनातन धर्म संस्कृतिको संरक्षण सबद्र्धनका लागि कोटीहोम सञ्चालन गरिएको थियो ।

बैद्यनाथ धामको ऐतिहासिक कुराहरु उजागर गर्न नया पुस्तालाई जानकारी दिने उद्देश्यले महत्वपर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरु देखि विभिन्न धार्मिक व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।