Skip to main content

पाठ्यपुस्तक : पहाडी जिल्लामा ९५ प्रतिसत आपुर्ती, अब कैलाली र कञ्चनपुरको पालो

Submitted by editor on
शिवराज भट्ट
पाठ्यपुस्तक : पहाडि जिल्लामा ९५ प्रतिसत आपुर्ती, अब कैलाली र कञ्चनपुरको पालो

धनगढी : सुदूरपश्चिममा पहाडि जिल्लाका ९५ प्रतिसत बालवालिकाका लागि पाठ्यपुस्तक वितरण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले यसवर्ष भने शैक्षिक सत्र सुरु हुन अगावै पाठ्यपुस्तक पुगाएको हो । 

‘पहाडि ७ जिल्लामा ९५ प्रतिसत पाठ्यपुस्तक पुगिसकेका छन । केही स्थानीय तहबाट विद्यालयको खातामा रकम आई नसकेकाले अलिअलि बाँकी छन, अधिकांस स्थानमा पाठ्यपुस्क पुगिसेका छन’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले भने ।

प्रदेशका ९ जिल्लामा १९  लाख पाठ्यपुस्तक आवश्यक रहेकोमा सोमबारसम्म झण्डै साढे १० लाख पाठ्यपुस्तक वितरण भईसकेका छन । जनक शिक्षाको पाठ्यपुस्तक आपुर्ती प्रतिको खटाई देखेर पुस्तक विक्रेता नै अचम्भित भएका छन । ‘यसपालीको जस्तो सिस्टमको वितरण अहिलेसम्म कहिल्यै भएन । सेटमा सबै किताब पाउन थालेका छन । एकै विलमा माग अनुसारका पुस्तक पाईएका छन’ बझाङको बुंगल स्टेशनरीका सञ्चालक दीपक बहादुर कुवरले भने ।

जनक शिक्षाको धनगढीमा रहेको प्रदेश कार्यालयले चैतको १४ गते देखि बाजुराबाट पाठ्यपुस्तक वितरण गरेको सुरु गरेको थियो । बाजुरामा १ लाख २७ हजार आवश्यक रहेकोमा त्यहाँ १ लाख १० हजार किताब पुगिसकेका छन । दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बैतडी र बझाङका पनि  अधिकांस दुर्गम भेगमा मागको ९५ प्रतिसत पुस्तक पुगिसकेका छन । आईतबार देखि जनक शिक्षाले कैलाली र कञ्चनपुरका लागि पुस्तक वितरण सुरु गरेको छ ।

‘यसपाली ऐच्छिक  विषयका पुस्तक पनि सेटमै पाईएका छन । गतविगतमा ऐच्छिकका लागि भएपनि दुई÷तीन पटक आउनुपथ्र्यो’ दुर्गा पुस्तक भण्डार कञ्चनपुरका सञ्चालक राजेन्द्र प्रसाद बोहराले भने । ‘यसपाली साह्रै राम्रो ब्यवस्थापन भएको छ ।’

जनक शिक्षाले सुदूरपश्चिमका ९ जिल्लामा १९ लाख पाठ्यपुस्तक विक्रि हुने अनुमान गरेको छ । त्यस मध्ये कैलालीमा सवा ६ लाख र कञ्चनपुरमा पौने ३ लाख गरी झण्डै ९ लाख पाठ्यपुस्तक विक्रिको अनुमान छ । सुगमका जिल्ला भएकाले जनक शिक्षाले कैलाली र कञ्चनपुरको वितरण आईतबार (चैत २५) देखि मात्रै गरेको हो ।

कैलारीको ओमसंगम पुस्तक पसलका सञ्चालक पुनाराम चौधरीले पनि यसपाली समय अगावै पाठ्यपुस्तक पाईएको बताए । जनक शिक्षाले यसपाली जिल्लाको तालिका अनुसार पुस्तक विक्रि वितरण गरिरहेको छ । तराईका दुई जिल्लाका लागि उसले स्थानीय तह अनुसारको तालिका बनाएर विक्रि गर्न थालेपछि अझ सहज भएको छ ।

‘पहाडी जिल्लाका लागि जो जुन दिन आएपनि पनि हामीले पुस्तक दिएका छौं । ९ जिल्ला मध्ये आधा पुस्तक कैलाली र कञ्चनपुरमा मात्र खपत हुने भएकाले यी दुई जिल्लाका लागि पालिका अनुसारको तालिका बनाएको छु । धनगढी उपमहानगरमा मंगलबार पुस्तक वितरण हुनेछन’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले भने ।