Skip to main content

धनगढी उपमहानगर बन्यो ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य

Submitted by editor on
ईबिगुल संवाददाता
नगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य

धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य बनेको छ । ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी उपमहानगरपालिकालाई सदस्यता प्राप्त भएको हो । 

जहा जेरो वेस्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका पाँच सय ५० सहर आबद्ध छन् । धनगढीमा फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै सो सुचीभित्र समावेश गरेर सदस्यता प्रदान गरिएको छ ।

अब सुदूरपश्चिमको धनगढीलाई पनि राम्रो र सफा सहरको रुपमा विश्वले चिन्नेछ । धनगढी उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापनसम्बन्धी गरिरहेको प्रयास र स्वच्छतासम्बन्धी पहललाई कदर गर्दै जेरो वेस्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिका प्रकृति संरक्षण अवार्डबाट पनि सम्मानित भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष नेपालले वातावरण संरक्षणको क्षेत्रमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गरेको हो। नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले नगरप्रमुख गोपाल हमाललाई अवार्ड प्रदान गरेका हुन ।