बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा उत्साहजनक मतदान भई रहेको छ ।
आईतबार विहान साढे ७ बजे देखी सुरु भएको मतदान शान्तपूर्ण रुपमा भईरहेको मुख्य निर्वाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिएका छन् । मतदानको लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्र तोकिएको पोखरेलले बताए ।
स्वामीकार्तिक खापर गउपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली काँग्रेशबाट पुल्तिसरा शाही, एकिकृत्त समाजबादीबाट जवा शाही उम्मेद्धार छन् । नेकपा माओबाढी केन्द्रबाट उमेदवारी फिर्ता लिएकए राजुकुमारी विकले नेकपा एमालेका उम्मेदवार सुलोचना बुढालाई सहयोग गरिरहेकी छिन ।
०७९ सालको स्थानिय निर्बाचनमा नेपाली काँग्रेशबाट मैना जोशीले १ हजार ८ सय १० मतप्राप्त गरी बिजयी भएकि थिईन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गरेकि थिईन ।
स्वामीकार्तिख खापर गाउपालिका वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन । त्यसै गरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउनेछन ।