Skip to main content

फार्मेसीबाटै कैलालीमा लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
लागुऔषध

धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।

कैलाली प्रहरीले उनीहरूलाई प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले फार्मेसी सञ्चालक मेसकबाट १७ ट्याबलेट नेमेडोल र अमृतको साथबाट ४३ ट्याबलेट ट्रमेडोल औषधी बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।