Skip to main content

डडेल्धुरामा जीप दुर्घटना : चार जनाको घट्नास्थलमा मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटनाा

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै मृत्यु भएको छ । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख डम्बर बहादुर विष्टले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको र मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए।

अन्य चार जना घाइते भएका छन्, उनले भने घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। 

उनीहरु मध्ये बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जीप दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए।