धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका छन्।
धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुवर, १७ वर्षीय आकाश मल्ल नुहाउदै गरेका थिए । बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी छन् ।
उनीहरूमध्ये चार जना हालसम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।