Skip to main content

खुटिया खोलामा वेपत्ता धनगढी घर भएका ४ जना युवा मृत अवस्थामा फेला

Submitted by editor on
ईबिगुल संवाददाता
 वेपत्ता युवा

धनगढी : कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा वेपत्ता युवा मृत अवस्थामा फेला परेका छन् । नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए। 

धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी  मृत अवस्थामा फेला परेका हुन् । उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको हो ।