Skip to main content

लागूऔषधसहित धनगढीमा ६ जना युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 पक्राउ

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१२ “बि” गाउँबाट “ए” गाउँ बस्ने ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट पक्राउ परेका छन् । दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार ब्यारेलबाट सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मोटरसाइकल पछाडी सवार बाजुराको बुढीगंगा नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र खातीलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर पक्राउ परेका छन् । यी दुबै जनालाई ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सोमवार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।