धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट, धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–३ चौकिडाँडा, भजनी नगरपालिका–३ ठेकीपुर र भजनी नगरपालिका–८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४१ लाख १८० बराबरको सामान बरामद गरिएको हो ।
भन्सार छलीका प्याज, चिनी, नरिवल, कपी, पेन्सिल, बिडी, सुर्ती, सुटपिस, कुर्ति, माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।