Skip to main content

डडेलधुरामा बालिकालाई बलात्कार आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
बलात्कार

डडेल्धुरा : डडेलधुरामा बालिकालाई बलात्कार गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आलिताल गाउँपालिका(७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरा पक्राउ परेका हुन ।

प्रहरीले पीडितका दाइले दिएको बलात्कारको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ । उजुरीमा गत असारमा करणी गरेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बलात्कार आरोपी बोहरालाई प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ