धनगढी : जेनजी पुस्ताका युवाहरुले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको देउवाको निवासमा युवाहरुले केहीबेरअघि आगजनी गरेका हुन ।
देउवा निवास मर्मत भईरहेके थियो । नाराबाजी गर्दै निवासमा पुगेका युवाहरुले अगजनी गरेका हुन । यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले चढने गाडीमा पनि प्रदर्शनकारीहरुले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय भीत्रै प्रवेशको तयारी गरेका उनीहरुले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन ।
विहान देखि शान्तिपूर्ण भईरहेको आन्दोलन उग्र बनिरहेको प्रहरीले जनाएका छ ।