धनगढी : जेनजीका युवाहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । धनगढीमा विहानदेखि प्रदर्शनमा उत्रिएका युवाहरुले मुख्यन्त्री कार्यलय अगाडि नारावाजी गरिरहेका थिए ।
प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् । अहिले पनि प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् ।