Skip to main content

धनगढीमा आन्दोलन उग्र बनेपछि प्रशासनद्वारा कफ्र्यु आदेश जारी

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीमा आन्दोलन उग्र बनेपछि प्रशासनद्वारा कफ्र्यु आदेश जारी

धनगढी  ः जेनजी पुस्ताका युवाहरुको कार्यक्रम उग्र बन्द्र गएपछि धनगढीमा कफ्र्यु जारि गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले कफ्र्यु जारी गरेको हो । 

उनीहरुले धनगढीको उत्तरबेहडीमा रहेको टेम्पल रिसोर्टमा रहेका सरकारी गाडीहरुमा पनि आगजनी गरेका छन । रिसोर्टमा सरकारी कार्यक्रम चलिरहेको थियो । पार्किङमा राखिएका गाडीहरुमा अगजनी गरिएको हो ।

यसअघि जेनजी पुस्ताका युवाहरुले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको देउवाको निवासमा युवाहरुले केहीबेरअघि आगजनी गरेका हुन । 

देउवा निवास मर्मत भईरहेके थियो । नाराबाजी गर्दै निवासमा पुगेका युवाहरुले अगजनी गरेका हुन । यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले चढने गाडीमा पनि प्रदर्शनकारीहरुले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय भीत्रै प्रवेशको तयारी गरेका उनीहरुले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन ।

विहान देखि शान्तिपूर्ण भईरहेको आन्दोलन उग्र बनिरहेको प्रहरीले जनाएका छ ।