धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।
सरकार विरुद्ध नाराबाजी गर्दै जेनजीका युवाहरुले ढुंगा मुडा समेत गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुनः देशभर प्रदर्शन चर्किएको छ । प्रहरीले संयमता अप्नाउँदै वाहिर पठाउने प्रयास गरिरहेको छ ।