Skip to main content

छापा सञ्चार माध्यमकाे संकटबारे प्रदेश प्रमुख मीयाकाे चासाे

Submitted by editor on
ईबिगुल संवाददाता
छापा सञ्चार माध्यमकाे संकटबारे प्रदेश प्रमुख मीयाकाे चासाे

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशका सञ्चारमाध्यमका समस्याबारे गम्भीर बन्नुपर्ने अवस्था रहेको जिकिर गरेका छन् आईतबार धनगढीमा उपलब्ध सम्पादकहरूसँगको अन्तरक्रियामा प्रदेश प्रमुख मियाँले सञ्चारमाध्यम समय र प्रविधि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन ।

‘समय र प्रविधिसँगै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । स्थानीय मिडियाले भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने अवस्था छ’, प्रदेश प्रमुख मियाँले भने ।
समस्या समाधानकालागि सरोकारवाला निकायले चासो दिनुपर्ने उनले बताए ।

धनगढीबाट प्रकाशित दैनिक अखबारहरूको अवस्था र भोग्नु परेका समयमाबारे चासो राख्दै प्रदेश प्रमुख मियाँले शनिवार आफ्नै कार्यकक्षमा सम्पादकहरूसँग जिज्ञासा राखेका थिए ।
हाल धनगढीबाट करिब दर्जनको हाराहारीमा दैनिक अखबार प्रकाशन हुँदै आएका छन् । सो अवसरमा सम्पादकहरूले मुलुक संघीयतामा गइसक्दा पनि त्यसको अनुभूत गर्न नसकेको बताएका थिए । 

स्थानीय अखबारप्रति प्रदेश सरकार गम्भीर नदेखिएको सम्पादकहरूको गुनासो थियो । लोकतन्त्र स्थापनाका लागि स्थानीय मिडियाको भूमिका रहे पनि लोकतन्त्रपछि सरकारले महत्त्व नदिएको सम्पादकहरूले बताए ।