Skip to main content

कैलालीको लम्की–टीकापुर सडकखण्डमा पुरुषको शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीको लम्की–टीकापुर सडकखण्डमा पुरुषको शव फेला

टीकापुर : कैलालीको लम्की–टीकापुर सडकखण्डमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा–५ पथरैयास्थित सडक खण्डमा एक युवकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार सडकखण्डमा मृत अवस्थामा फेला परेका पुरुषको टाउकोमा गम्भीर चोट देखिन्छ । सडक दुर्घटनाका कारण ज्यान गएको हुनसक्ने पारम्भिक अनुमान गरेको प्रहरीले उनको शव टीकापुर अस्पतालमा राखेको छ ।

मृतकका आफन्त टीकापुर अस्पताल आइरहेको बताउँदै डिएसपी अधिकारीले शवको सनाखत हुन नसकेको जानकारी दिए ।